global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह

नेपालका तीर्थस्थलहरूको दर्शन गर्न आग्रह

नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरूका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान गरेका छन् ।

भारतीय वर्किङ जर्नालिस्ट युनियनले आज यहाँ आयोजना गरेको सेमिनारमा उहाँले नेपाल देवभूमि भएको बताउँदै यी क्षेत्रहरूको दर्शन गर्न आह्वान गरे । “हामीसँग प्रकृतिले दिएका संसारकै अग्ला हिमशृङ्खला छन् ।

मधेसदेखि हिमालसम्मको लोभलाग्दो हावापानी पनि छ । यसलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सबै एकजुट हुनुपर्ने समय आएको छ”, प्रवक्ता महतले भ,ने “हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरूको उद्गमस्थल लुम्बिनी पनि हाम्रै नेपालमा छन् ।

यी पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न म सबैलाई आग्रह गर्दछु ।” उनले नेपाल र भारतको सम्बन्ध युगौंदेखिको रहि आएको भन्दै सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु