global ime bank Long Banner Ad

गृहपृष्ठ न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने

न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने

न्युरोड, हाँडीगाउँ सहित प्राचीन क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाइने

काठमाडौँ महानगरपालिकाले न्युरोड, हाँडीगाउँ सहित प्राचीन तथा पुरातात्त्विक क्षेत्रलाई ‘नो भेइकल जोन’ बनाउने घोषणा गरेको छ ।

मेयर बालेन साहले शुक्रबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौँ महानगरपालिका अन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने समेत बताए ।

सूचीकृत सम्पदा क्षेत्रहरूमा समेत सवारीसाधन निषेध गरिने उनले बताए ।

बृहत् हाँडीगाउ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिने उनले बताए । यी भेगमा होमस्टेलाई महानगरपालिकाले प्रोत्साहन गर्ने भएको छ ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु