गृहपृष्ठ रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग
रेड्मी नोट १३ : १०८ मेगापिक्सेलको बजेट किंग
स्मार्टफोन बजार एक खेल मैदानजस्तै हो, जहाँ ठूला कम्पनीहरु र नयाँ खेलाडीहरु सधैं ग्राहकहरुको ध्यान आकर्षित गर्न कोशिस गर्दछन् । यस्तो बद्लिँदोअवस्थामा, रेड्मी नोट १३ सिरिजले किफायतीमूल्यहरूमाउत्कृष्ट सुविधाहरू प्रदान गरेर आफ्नो स्थानराख्न सफलभएको छ। यस सिरिजले गतवर्ष जस्तै किफायती मूल्यमाअपग्रेड गरिएकाबलियो फिचरसहितका स्मार्टफोनहरु प्रदान गर्ने लक्ष्य राखेको छ। तर के यो केवल अर्को किफायती विकल्प मात्रै हो कि यसले केही विशेष पनि प्रदान गर्दछ ? शाओमीकास्मार्टफोनले हरेक रेन्जमा केही फरक प्रदानगर्दै आएको छ भने रेड्मी नोट १३ पनिकम छैन ।
भव्य डिस्प्लेः
रेड्मी नोट १३ को ७.९७एमएममोटाई र १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्कातौल बनाउन सगाएको छ । यसको मनमोहक ६.६७इन्च एमोलेड डिस्प्ले, २४०० ह १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चितगर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहितउपलब्ध छ ।
शक्तिशाली स्न्यापड्रागन ६८५ः
स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चितगर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ । प्रयोगकर्ताहरूकालागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकताअनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्पउपलब्ध छन् ।
१०८ मेगापिक्सेल पावरहाउसः
रेड्मी नोट १३ को प्रभावशालीक्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदानगर्दछ । रेड्मी नोट १३ मा २०० एमपीको मुख्यक्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमायसको १६ एमपी सेल्फीक्यामेराले सेल्फीहरुमा छुट्टै चमकल्याउँनेछ ।
एक्स्ट्रा ब्याकअपः
रेड्मी नोट १३ ले तपाईंको दिनभरको स्र्माटफोन प्रयोग सुनिश्चित गर्न ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर प्रदानगर्दछ । साथमा यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाकालागि इन–स्क्रिनफिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।
प्रयोग गर्न सजिलोः
एन्ड्रोइड १३ र एमआई यूआई १४ माचल्ने रेड्मी नोट १३ माप्रयोगकर्ताहरुले आफ्नो आवश्यकताअनुसार साओमी हाईपर ओएस पनिअपग्रेड गर्न सक्छन् । साथै ईन–डिस्प्ले फिङ्गर सेन्सर सहितप्रयोगकर्ताहरुलाई सरल तथाआवश्यकताअनुसारको फिचरहरु प्रदानगर्दछ । डल्बी एटमसले ट्यून गर्ने डूवल स्टेरियो स्पिकर, तथा १८०० निटस्को ब्राईटनेसले गर्दा रेड्मी नोट १३ लाई गेमिङ तथा भिडियोको लागिपनिउत्कृष्ट फोन बनेको छ । यो वाहेक रेड्मी नोट १३ लाई धुलो तथापानीप्रतिरोधात्मकक्षमतामाआईपी ५४ रेटिङ्गे प्राप्तभएको छ । यो हेरेर भन्न सकिन्छ कि रेड्मी नोट १३ को सेक्युरिटी उत्कृष्ट छ।
सुपथ मूल्य उत्कृष्ट फिचरः
रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्रनभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएचब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ। एउटा स्टाइलिस, टिकाउ, र बलियो फोन खरिद गर्न चाहने प्रयोगकर्ताका लागिरेड्मी नोट १३ एक उत्कृष्ट फोन हो । यदितपाईँ पनिकिफायतीमूल्यमाउत्कृष्ट ब्राण्डेड फोनको खोजिमा हुनुहुन्छ भने रेड्मी नोट १३ तपाइँको लागिउत्कृष्ट स्मार्टफोन हुनेछ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमाउपलब्ध छ । यीफोनहरुको मूल्यको कुरा गर्दा ६÷१२८ जिबि को मूल्य रु २४,९९९ छ भने ८÷२५६ जिबिको मूल्य रु २७,९९९छ। ग्रहकमहानुभावहरुलाई प्रोत्साहन गर्नको लागिशाओमीले रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को बन्डल अफरमापाउन सकिनेछ ।
प्रकाशित समय : १८:०८ बजे


















