काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई खेलाडी एन्फा एकेडेमीमा छनोट

6.62K
shares

झापाको शिवसताक्षी नगरपालिकाका दुई खेलाडी अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गर्ने यु–१३ फुटबलका लागि छनोट भएका छन् । छनोट हुनेमा शिवसताक्षी–७ का आयुश भट्टराई र शिवसताक्षी–१० का रुप्लीहाङ लिङ्देन रहेका छन् ।

शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिगालुङ्गका अनुसार शिवसताक्षी नगरबाट पाँच खेलाडी जिल्ला, प्रदेशहुँदै छनोट भएका हुन् । उनीहरुलाई एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणसहित पढ्ने व्यवस्था गरिएको छ ।

एन्फाले ग्रामीण र स्थानीय स्तरबाट खेलाडी पहिचान गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ छनोट प्रतियोगितामार्फत खेलाडी छान्दै आएको छ । छनोट प्रतियोगितामा शिवसताक्षीका ६२ युवा खेलाडी सहभागी भएका थिए । “बाह्र खेलाडी जिल्लाका लागि छनोट भएकामा पछि जिल्लाबाट प्रदेशमा ६ जना छनोट भएका थिए, अन्तिममा दुई खेलाडी छनोट हुन सफल भएका छन्”, शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष रिगालुङ्गले भने ।

राष्ट्रिय फुटबल टोलीबाट खेलेका अनन्त तामाङ्ग, सन्दिप राई, सन्तोष नेपाली, ईश्वर कार्कीलगायतले खेलिसकेका छन् । उनीहरु शिवसताक्षी नगरपालिकाका बासिन्दा हुन् ।