global ime bank Long Banner Ad

गृहपृष्ठ बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक नियन्त्रणमा

बिलबिजकमा उल्लेख भएभन्दा फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले बैशाख २७ गते पर्सा जिल्लाको वीरगंज महानगरपालिका–८ लिङ्करोडबाट नियन्त्रणमा लिएको छ ।

पर्साको आदर्शनगरबाट बसपार्कतर्फ जाँदै गरेको ना. ३ ख ७६५६ नम्बरको मालवाहक ट्रकलाई विशेष सूचना आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको हो । ट्रकमा रहेको सामानको भ्याट बाहेकको मुल्य ३० लाख ४९ हजार ८८ रुपैयाँ कायम रहेको छ ।

नियन्त्रणमा लिईएको सामानसहितको ट्रक थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

 

प्रकाशित समय : १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु