global ime bank Long Banner Ad

गृहपृष्ठ बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

बझाङको उपनिर्वाचनबाट विजयी प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

उपनिर्वाचनमा बझाङ- १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

विहिबार सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु