global ime bank Long Banner Ad

गृहपृष्ठ सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, स्वर्गद्वारी गौमुखी यातायात प्रालि र नमस्ते प्युठान यातायात प्रालि प्युठानको सहकार्यमा प्युठान नगरपालिका-७ टिकुरीस्थित बसपार्कमा “जेष्ठ नागरिकहरूलाई सार्वजनिक सवारी साधनमा भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम” बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ को कानूनी व्यवस्था सम्बन्धी स्टिकर टाँस गरी कार्यक्रमको उद्‍घाटन गरेका थिए । यस अभियानलाई कार्यक्रममा मात्र सीमित नराखी व्यवहारमा समेत लागू गर्नुपर्ने, अधिकारको उपयोग गर्न तथा दुरूपयोग गर्न नहुने तथा यसको कार्यन्वयनमा प्रहरी प्रशासनद्वारा अभियानको रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले ज्येष्ठ नागरिक सम्बन्धी कानूनी व्यवस्था, ट्राफिक व्यवस्थापन, बसपार्क व्यवस्थापन बारे जानकारी दिँदै यसको कार्यान्वयनमा सबै सरोकारवाला निकायहरू बिच आवश्यक समन्वय र सहकार्य हुनुपर्ने बताए ।

जेष्ठ नागरिक गेहराज शर्मा पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, संघसंस्थाका प्रमुख, यातायात व्यवस्था समितिका पदाधिकारीहरू, संचारकर्मी, जेष्ठ नागरिक, समाजसेवी भद्रभलाद्‍मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु