global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्बजनिक काम नगर्ने

श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्बजनिक काम नगर्ने

श्रीमतीमाथि भ्रष्टाचारको छानबिनपछि स्पेनका प्रधानमन्त्रीले सार्बजनिक काम नगर्ने

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् ।

यस अवधिमा उनले पदमा निरन्तरता दिने कि रोक्ने भन्ने बारे विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा आफुले सरकारको नेतृत्व गरिरहने र यो सम्मानित पद छाड्ने भन्ने विषयमा छिट्टै निर्णय गर्ने बताएका छन् ।

अदालतले बेगोना गोमेज विरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले आफ्नो सम्मानको रक्षा गर्ने बताएका छन् । बेगोना गोमेज विरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गरेका थिए, जसले हालैका वर्षहरूमा धेरै उच्च प्रोफाइल अदालत मुद्दाहरूमा भाग लिएका थिए ।

स्पेनका प्रधानमन्त्रीले आफुले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन् । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।

 

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु