गृहपृष्ठ मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा चैत २९ गते बस्ने
मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा चैत २९ गते बस्ने
मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीबार चैत २९ गते बस्दैछ ।
लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष सेयरधनीहरुको हात खाली रहने छ । यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ ।
कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ
प्रकाशित समय : ११:४४ बजे


















