गृहपृष्ठ ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री
ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री
आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ ।
लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामा पछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन ।
‘म प्रधानमन्त्रीको रूपमा सेवा गर्न यो नामांकन स्वीकार गर्दछु,’ ह्यारिसले भने, ‘तपाइहरूले ममाथि राखेको विश्वासको सम्मान गर्न म सक्दो गर्न प्रतिबद्ध छु,’ प्रधानमन्त्री निर्वाचित भए पछि उनले भने ।
आफ्नो उम्मेदवारीलाई समर्थन गर्ने आफ्नो नयाँ सरकारको गठबन्धन साझेदारहरूलाई स्वीकार गर्दै ह्यारिसले भने कि उनी एकता र सहयोग र पारस्परिक सम्मानको भावनामा नेतृत्व गर्न चाहन्छन्।
प्रकाशित समय : ०९:१८ बजे


















