nmb bank

गृहपृष्ठ ओरालो लाग्यो शेयर बजार, १७२ कम्पनीको शेयर मूल्य घट्यो

ओरालो लाग्यो शेयर बजार, १७२ कम्पनीको शेयर मूल्य घट्यो

ओरालो लाग्यो शेयर बजार, १७२ कम्पनीको शेयर मूल्य घट्यो Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव ३० अंकले घटेर २,०१८ को विन्दुमा कायम भएको छ । आज निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको १२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ११ करोड ५५ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गरिमा डिबेञ्चरका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् । लगातार सकारात्मक सर्किट लागेको यस कम्पनीको शेयरमा आज भने नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु