global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भक्तपुरमा वाल तपस्वीनीको संकल्पमा महायज्ञ सुरु

भक्तपुरमा वाल तपस्वीनीको संकल्पमा महायज्ञ सुरु

भक्तपुरमा वाल तपस्वीनीको संकल्पमा महायज्ञ सुरु

भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा रहेको मूर्ति मर्मत गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ श्री गणेश पुरान महायज्ञ सुरु भएको छ । सूर्यविनायकको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो । महायज्ञ २० गतेसम्म चल्ने जनाइएको छ ।

सूर्यविनायक गणेश मन्दिर परिसरमै महायज्ञ भइरहेको हो । वाल तपस्वीनी माता श्री भुवनेश्वरीको सत संकल्पमा महायज्ञ भइरहेको हो । वाचन प्रविण पण्डित श्री अचयतुप्रसाद खनालको मुखारविन्दवाट वाचन भइरहेको छ ।

महायज्ञको क्रममा प्रत्येक दिन बिहान दसबजेदेखि १२ बजेसम्म गणेश पुराण वाचन भइरहेको हो । दिउँंसो दुईबजेदेखि चार बजेसम्म संगीतमय गणेश पुरान प्रवचत भइरहेको छ । साँंझ सात बजेदेखि ९ बजेसम्म महात्मय भजन कीर्तिन हुने कार्यक्रम भइरहेको हो । चैत २० गते तिल अर्पण, पूर्णाहुति लक्ष्य वतीका महाप्रसादी समापन हुने आयोजक श्री गणेश पुराण मूल आयोजक समितिले जनाएको छ । कार्यक्रमको संकल्पकर्ता माता भुवनेश्वरी लक्ष्मी रहेकी छिन् ।

महायज्ञमा आर्थिक संकलन हुने कार्य पनि निरन्तर जारी रहेको छ । स्थानीय तथा विभिन्न ठाउँंहरुबाट आएका भक्तजनहरुबाट गच्छेले भ्याए अनुसार सहयोग प्राप्त भइरहेको जनाइएको छ ।

स्थानीय यज्ञबहादुर कार्कीले आफूले सकेको पाँंच हजार एक रुपैयाँं दान गरेको बताए । मन्दिरको मूर्ति मर्र्मत गर्ने उच्च काम रहेकाले सहयोग प्रदान गरेको उनले बताए । मन्दिरभित्रको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु