nmb bank

गृहपृष्ठ ५.४ मेगावाटको रावा खोला जलविद्युत् निर्माण गर्दै हलेसी हाइड्रोपावर

५.४ मेगावाटको रावा खोला जलविद्युत् निर्माण गर्दै हलेसी हाइड्रोपावर

५.४ मेगावाटको रावा खोला जलविद्युत् निर्माण गर्दै हलेसी हाइड्रोपावर

हलेसी हाइड्रोपावर लिमिटेडले खोटाङमा ५.४ मेगावाटको रावा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका, रुपाकोट मझुवागढी नगरपालिका, केपीलासगढी गाउँपालिकामा अवस्थित रावा खोलाको पानी उपयोग गरेर जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो। प्रस्तावित जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हुनेछ।

विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरिएको छ। आयोजनाको विस्तृत अध्ययन भइसकेको छ। आयोजनाबाट वार्षिक सरदर ३१.७१२ गिगावाट आवर उत्पादन हुनेछ।

२९५७ मिटरको हेडरेस पाइपमार्फत खोलाको पानी सर्ज ट्यांक पुर्‍याइनेछ। त्यसपछि पानीलाई ४५४.६५ मिटरको पेनस्टक पाइपमार्फत विद्युत् गृह (पावर हाउस) सम्म पुर्‍याइनेछ।

विद्युत् उत्पादनपछि ३३ केभी सिंगल सर्किट ५.५ किमि लम्बाइको प्रसारणलाइन निर्माण गरेर बाक्सिला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।

प्रकाशित समय : १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु