global ime bank Long Banner Ad

गृहपृष्ठ हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् ।

नेपाली प्लेइङ ११-रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, लोकेश बम, करण केसी, प्रतिस जिसी र अविनाश बोहोरा ।

यस त्रिकोणात्मक टी(२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

 

प्रकाशित समय : ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु