global ime bank Long Banner Ad

गृहपृष्ठ फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामीमा

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य दिएका आधारमा सेयर बाँडफाँट हुने क्यापिटलले जनाएको छ । न्यूनतम १५ हजार कित्ता र अधिकतम डेढ लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।

‘आवेदन दिँदा नै खरिद गर्न चाहेको सेयरको शत प्रतिशत रकम धरौटीवापत मुक्तिनाथ क्यापिटलको नाममा खिचिएको गुड फर पेमेन्ट चेक बुझाउनुपर्नेछ’ क्यापिटले सार्वजनिक सूचनामा भनेको छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु