गृहपृष्ठ एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

एमाले केन्द्रिय समिति बैठक आज पनि, समहुगत छलफलको निष्कर्ष पेश गरिदैँ

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन ।

जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी  सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा बिभाजन गरी छलफल गरिएको हो ।

 

 

प्रकाशित समय : ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु