गृहपृष्ठ गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यो साता के होला ?

गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यो साता के होला ?

गत साता साढे १ प्रतिशतभन्दा बढी घटेको नेप्से, यो साता के होला ?

गत साता नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको थियो। अघिल्लो साता २०९६.३२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.६४ प्रतिशत अर्थात ३४.२९ अंक घटेर २०६२.०३ विन्दुमा झरेको थियो।

गत साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। सो साता सोमबार र बुधबार नेप्से परिसूचक बढेर बन्द भएको हो।

‘पर्ख र हेर’ को अवस्था

गत साता नेप्से परिसूचक ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा नेप्से परिसूचक ओरालो लागेमा १९८० देखि २०२५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। त्यसैगरी, नेप्से उकालो लागेमा २२४० देखि २२८० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

बिक्रीकर्ता हाबी

गत साता साप्ताहिक रुपमा नेप्सेले रातो मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन पनि नेप्सेले बियरिश मैनबत्ती नै बनाएको छ। यसले सो साता र सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता नेप्सेको भोल्यूम पनि कमजोर रहेको छ। गत साता बजारमा दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब २० करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २=६१ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति
गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। त्यसैगरी, नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

बिक्रीचाप बढ्दै

गत साता स्टकास्टिक आरएसआईमा नेप्से ओभरसोल्ड जोनतर्फ झरिरहेको देखिन्छ। यसले बजारमा विस्तारै बिक्रीचाप बढ्दै गएको संकेत गर्दछ।

 

 

प्रकाशित समय : ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु