यू-१९ विश्वकप : पहिलो सेमिफाइनलमा भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा
वि.सं.२०८० माघ २१ आइतवार ०८:०४
shares
BLOEMFONTEIN, SOUTH AFRICA - FEBRUARY 02: Dev Khanal of Nepal plays a shot during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between India and Nepal at Mangaung Oval on February 02, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)
आईसीसी यू–१९ विश्वकपको पहिलो सेमिफाइनल मंगलबार हुँदैछ । पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले भारतको सामना गर्नेछ । सुपर सिक्सको समूह ‘ए’को विजेता भारत र समूह ‘बी’को उपविजेता दक्षिण अफ्रिकाको भेट पहिलो सेमिफाइनलमा हुन लागेको हो ।
यो खेल मंगलबार दिउँसो नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा दक्षिण अफ्रिकाको बेनोनी मैदानमा हुनेछ ।
चार खेलमा चारमै जित निकाल्दै आठ अंकसहित भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अर्को समूहको दक्षिण अफ्रिका चार खेलमा एउटामा पराजित भएर ६ अंकसहित उपविजेता बनेको हो ।
दोस्रो सेमिफाइनलमा भने समूह ‘बी’को विजेता अस्ट्रेलिया र समूह ‘ए’को उपविजेता पाकिस्तानले बिहीबार प्रतिस्पर्धा गर्दैछन् । चार खेलमा सबै जित निकाल्दै आठ अंक बनाएको पाकिस्तान रनरेटका आधारमा समूह ‘ए’ को उपविजेता बनेको हो । यता समूह ‘बी’मा भने चार खेलमा तीन जित निकाल्दै अस्ट्रेलिया सात अंक बनाएर समूहको विजेता बनेको हो । उसले एउटा खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो ।
यू–१९ विश्वकपको फाइनल भने अर्को आइतबार हुनेछ ।

























