यति ब्रुअरीको साधारणसभा माघ २५ गते, लाभांशको प्रस्ताव पारित गर्ने
वि.सं.२०८० माघ १ सोमवार १३:४४
shares

यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा माघ २५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालत, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै, शयरधनीलाई १०० प्रतिशत बोनस शेयर ९कर बाहेक० र १०० प्रतिशत नगद लाभांश ९कर बाहेक० वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले कम्पनीको शेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने र आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस कम्पनीले अर्ना, किङफिसर, शिखर लगायत बियर उत्पादन गर्दै आएको छ ।

























