global ime bank Long Banner Ad

गृहपृष्ठ माघ महिनाका लागि १८ वाणिज्य बैंकले घटाए ब्याजदर

माघ महिनाका लागि १८ वाणिज्य बैंकले घटाए ब्याजदर

माघ महिनाका लागि १८ वाणिज्य बैंकले घटाए ब्याजदर

हाल संचलित २० वटा वाणिज्य बैंक मध्ये १८ वटाले माघ महिनाको लागि निक्षेपको ब्याजदर घटाएका छन् । आज सबै बैंकले माघ महिनाको लागि नयाँ ब्याजदर प्रकाशन गरेका हुन् ।

जस अनुसार १८ बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकको ब्याजदर स्थिर रहेको छ। एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर स्थिर राखेका हुन् । यी बाहेक अन्य १८ बैंकले भने ब्याजदर घटाएका छन् ।

जसमा प्राइम कमर्शियल बैंकले सबैभन्दा धेरै ब्याज घटाएको छ । बैंकले १.९ प्रतिशत बिन्दुसम्मले ब्याज घटाएको छ । १ प्रतिशत वा सो भन्दा धेरै प्रतिशत बिन्दुले ब्याज घटाउनेमा प्राइम बैंक , कृषि विकास बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक रहेका छन् । सिटिजन्स बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती तर्फको ब्याज मात्र घटाएका छन् ।

प्रकाशित समय : १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु