nmb bank

गृहपृष्ठ कांग्रेसका कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

कांग्रेसका कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

कांग्रेसका कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।

उनले कोशी प्रदेशको राजधानी विराटनगरमा मनोनयन दर्ता गरेका हुन् । उनको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौला राष्ट्रिय सभा चुनावमा उठेका हुन् ।

सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।

 

 

प्रकाशित समय : ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु