गृहपृष्ठ सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् ।
कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका –९ पैमाका धनराज पाध्यायले बताए ।
उनले भने, “सुन्तला बिक्री गरेर घरखर्च जोहो गर्ने भनेका थियौं । तर अहिलेसम्म सुनतला बिक्री नहुँदा अब कसरी घरखर्च चलाउने भन्ने चिन्ता परेको छ ।’’
सात सय भन्दाबढी रोपनीमा सुन्तला खेती गरेको सुनाउनुहुँदै पाध्यायले भन्नुभयो, ‘‘सुन्तला राम्रोसँग पनि फल्यो । तर अहिले बिक्री नहुँदा समस्या भएको छ ।’’
कृषि ज्ञान केन्द्रको पहलमा पाध्यायले सुन्ताल खेती गर्नु भएको हो । उनले सधैँ गहुँ, धान र कोदो लगाउँने जमिनमा सुन्ताल खेती गर्न सुरु गर्नु भएको थियो । अहिले सुन्तला बिक्री नहुँदा बारीमै कुहिने चिन्ताले सताएको गुनासो उनले गरे ।
प्रकाशित समय : १६:०० बजे



















