global ime bank Long Banner Ad

गृहपृष्ठ एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल

एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल

एकीकृत समाजवादीको बैठक सुरु, राष्ट्रियसभा निर्वाचनबारेमा छलफल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

आजको बैठकमा पार्टीले राष्ट्रियसभामा पाउनुपर्ने सिटका विषयमा छलफल गर्ने छ । नेकपा समाजवादीले ४ सिट आफूले पाउनुपर्ने माग राखिरहेको छ । तर गठबन्धनलाई भाग गर्दा उसले ३ सिट मात्र पाउने बताइएको छ । आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिटका बारेमा नेताहरूको धारणा सुन्ने र निर्णय लिने बताइएको छ ।

राष्ट्रियसभा निर्वाचन माग ११ गते हुने भएको छ । जसमा १९ सिटका लागि निर्वाचन हुने छ । गठबन्धन दल भर्सेस एमाले निर्वाचनमा होमिने भएका छन् । यसको सिट भने बाँडफाँड भएको छैन ।

यसैबीच बेलुका ४ बजे चार दल र साँझ ५ बजे गठबन्धनमा सहकार्य गरिरहेका ७ दलबीच राष्ट्रियसभा निर्वाचन सिट विभाजनको बारेमा छलफल हुने छ ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु