गृहपृष्ठ शुभकालिकामा बन्यो खेलमैदान
शुभकालिकामा बन्यो खेलमैदान
खेल मैदान निर्माण हुँदै
मान्म (कालीकोट), ३० जेठ (रासस)ः कालीकोटको शुभकालिका गाउँपालिका–५ सुकाटिया खेलमैदान ठुलाचौर ओल्याखाडा खेल मैदान निर्माण गरिँदै । तस्वीरः मिमबहादुर रावल (रासस)
मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–५ मा गाउँपालिकास्तरीय खेलमैदान निर्माण भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को लगानीमा खेलमैदान निर्माण भएको हो ।
कर्णाली प्रदेश खेलकुद विकास समितिको १५ लाख बजेटमा खेलकुद मैदान निर्माण गरिएको शुभकालिका गाउँपालिकाले जनाएको छ । खेलमैदान निर्माणले गाउँपालिकाका विभिन्न खेलकुद गतिविधिको केन्द्रका रुपमा विकास गर्न सकिने कर्णाली प्रदेश खेलकुद विकास परिषद्का इञ्जिनियर शिशिर कार्कीले बताए ।
“खेलमैदान निर्मापछि खेल अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज हुने भएको छ”, उनले भन्े “खेलमैदान निर्माण समुदायस्तरमा खेलकुदको विकास र युवाहरुलाई प्रोत्साहन गर्न सकिन्छ ।”
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को लगानीमा बनेको खेलमैदानलाई स्थानीय सरकारको थप बजेट र समुदायको सक्रियतामा व्यवस्थित खेलमैदान निर्माण, विस्तार तथा स्तरोन्नतिका काम निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंले बताए ।
“खेलमैदानको निर्माण कार्य मापदण्डअनुसार सम्पन्न भएको छ”, उनले भन्े “खेलमैदानले स्थानीय खेलाडीलाई अभ्यास र प्रतियोगिता सञ्चालनमा सहजता प्रदान गर्नेछ ।”, दर्शकका लागि प्यारापिट, स्टेज, सार्वजनिक शौचालय र भवन बनाउन बाँकी रहेको छ । खेलमैदानले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र खेलमैदानका अरु संरचना निर्माण गर्न बाँकी रहेका कारणले स्थानीय तथा प्रदेश सरकारको लगानी आवश्यक रहेको वडाधयक्ष मिमबहादुर शाहीले बताए ।
प्रकाशित समय : १७:४८ बजे



















