global ime bank Long Banner Ad

गृहपृष्ठ सातामा  १९ अंकले घट्यो शेयर बजार, अर्को साता के होला ?

सातामा  १९ अंकले घट्यो शेयर बजार, अर्को साता के होला ?

सातामा  १९ अंकले घट्यो शेयर बजार, अर्को साता के होला ?

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६८.९० विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९५ प्रतिशत अर्थात १९.६२ अंक घटेर २०४९.२८ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन बढेर बन्द भएको हो। यस साता बुधबार नेप्से परिसूचक करिब २८ अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक घटेको छ।

यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ५५ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १८.२१ प्रतिशत घटेको हो। यस साता दैनिक औषत शेयर संख्या १६.५१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १५.१४ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ०.९५ प्रतिशत अर्थात ३० अर्ब रुपैयाँ घटेर ३१ खर्ब ८३ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.१६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता व्यापार, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७६।५१ अंक बढेको छ।

यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०६ प्रतिशत घटेको छ। गत साता ११,३६९.९८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५७५.०४ अंक घटेर १०,७९४.९४ विन्दुमा झरेको छ।

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु