global ime bank Long Banner Ad

गृहपृष्ठ टी- २० विश्वकपमा नेपाल समुह डी मा, पहिलो खेल नेदरल्यान्ड्ससँग

टी- २० विश्वकपमा नेपाल समुह डी मा, पहिलो खेल नेदरल्यान्ड्ससँग

टी- २० विश्वकपमा नेपाल समुह डी मा, पहिलो खेल नेदरल्यान्ड्ससँग

अमेरिका र वेस्टइन्डिजमा हुने टी- २० विश्वकपमा नेपाल समुह डी मा परेको छ । समूह डी मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिक रुपमा खेल तालिका र समूह सार्वजनिक गरेको छ ।

नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग रहेको छ भने दोस्रो खेल ११ जुनमा श्रीलंकासँग रहेको छ । यी दुवै खेल नेपालले अमेरिकामा खेल्नेछ । त्यसपछि बाँकी दुई खेल नेपालले वेस्टइन्डिजमा खेल्नेछ । नेपालले तेस्रो खेल जुन १४ मा दक्षिण अफ्रिकासँग खेल्ने भने समुह चरणको चौथो खेल जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका सर्वजनिक भएको छ ।

त्यस्तै टी- २० विश्वकपको समूह ए मा भारत, पाकिस्तान, आयरल्यान्ड, क्यानडा र अमेरिका रहेका छन् भने समूह बी मा इङल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । त्यस्तै समूह सी मा न्युजील्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी रहेका छन् ।

चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल भने जुन ९ मा न्यूयोर्कमा हुने भएको छ ।

हरेक समूहका शीर्ष दुई टोली सुपर ८ मा पुग्नेछन् । जुन १ देखि सुरु हुने यो विश्वकपको फाइनल जुन २९ मा हुनेछ ।

प्रकाशित समय : ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु