गृहपृष्ठ छुट बिल फिर्ता लिन उद्योगीहरुले दिए प्राधिकरणमा निवेदन
छुट बिल फिर्ता लिन उद्योगीहरुले दिए प्राधिकरणमा निवेदन
लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले काटेका छुट बिल फिर्ता लिन भन्दै उद्योगीहरुले नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयहरुमा निवेदन दिएका छन् ।
उद्योगलाई बिजुलीको बिल काट्ने प्राधिकरणका सम्बन्धित कार्यालयलाई बिल फिर्ताको निवेदन बुझाएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले बताए ।
विद्युत् नियमन आयोगले टीओडी मिटरको तथ्यांकका आधारमा मात्रै बिल जारी गर्नुपर्ने तथा लोडसेडिङ नभएको अवस्थामा ३१ वैशाख ०७५ देखि १ असरा २०७७ सम्मको महसुल लिन नमिल्ने निर्णय गर्दै त्यहीअनुसार कार्यान्वन गर्न प्राधिकरणलाई निर्देशन दिएपछि उद्योगीहरुले प्राधिकरणका कार्यालयहरुमा निवेदन दिएका हुन् ।
प्रकाशित समय : १५:२० बजे



















