global ime bank Long Banner Ad

गृहपृष्ठ दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा सिंगटी हाइड्रो इनर्जी र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले सिगंटी हाइड्रोको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य २०२ दशमलव ९० कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३०५ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै मन्दाकिनी हाइडड्रोपावरको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरिएको छ । समायोजनपश्चात कम्पनीको शेयर मूल्य ४०९ दशमलव ३६ कायम भएको छ । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४२८ दशमलव ८० मा अन्तिम कारोबार भएको थियो ।

नेप्सेले यी दुई कम्पनीको बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयर मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आइतवारदेखि यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

 

प्रकाशित समय : १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु