global ime bank Long Banner Ad

गृहपृष्ठ बिजुलीको तार सर्ट भएर आगलागी भएको हो : एमजी मोटर्स

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो : एमजी मोटर्स

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो : एमजी मोटर्स

चार्ज गरिरहेकै अवस्थामा एमजी मोटृर्सको एमजी जेठ एस बिजुली गाडी यही पुस ९ गते आग्लागी भएर जलेको थियो । उक्त घटनामा एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामान्ट मोटर्सले बिजुलीको तास सर्ट भएर आग्लागी भएको दाबी गरेको छ ।

एमजीको सवारी प्रदेश ०१–०२७ ख १५८१ नम्बरको गाडीमा काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगोलागी भई नष्ट भएको थियो ।

कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलि स्थलगतरुपमा घटनास्थलमा अवलोकन गर्दा घटनामा जलेको गाडी विद्युत प्रबाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बजे देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगलागी भई पूर्णरुपमा जलेको देखिएका दाबी गर्दै कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु