गृहपृष्ठ राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राष्ट्रपति पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
बिहीबार बिहान दुई दिने नेपाल भ्रमणमा आइपुगेका भारतीय विदेशमन्त्री एस. जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। काठमाडौं आएलगत्तै विदेशमन्त्री एस जयशंकर शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेको बताएका थिए ।
उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका संभावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले बताए ।
प्रकाशित समय : १२:१५ बजे



















