गृहपृष्ठ सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ।
आजको बैठकमा मुलतः राष्ट्रियसभा निर्वाचनको विषयमा दलहरूबीच छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। अब अर्को बैठक आज साँझ वा भोलि बिहान बस्ने भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रियसभासँगै समसामयिक विषयमा पनि छलफल भइरहेको लेखकले बताए।
प्रकाशित समय : १२:०९ बजे



















