nmb bank

गृहपृष्ठ सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्दै

सर्वोत्तम सिमेन्ट कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका– ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ र २, रिब्दीकोट गाउँपालिका–२, ३, ४ र ६, तिनाउ गाउँपालिका– १, २ र ३, माथागढी गाउँपालिका– ७ र ८ र निस्दी गाउँपालिका– ७ का स्थानीयका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गर्ने भएको छ । यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

उनीहरुले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिन सक्नेछन् । सेयरमा न्यूनतम ५० अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावितका लागि पुस २५ गतेदेखि माघ १० गतेसम्म सेयर निष्कासन गर्ने छ । उक्त अवधिमा माग अनुसार आवेदन परेमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस २५ गतेदेखि माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

उद्योग प्रभावित क्षेत्रका स्थानीयले नवलपरासी जिल्लाको ग्लोबल आईएमई, लक्ष्मी सनराइज, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयले पाल्पा जिल्लाको ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र कृषि विकास बैंकका शाखाबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु