गृहपृष्ठ युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, नगद र बोनस कति ?
युनिभर्सल पावर कम्पनीको लाभांश घोषणा, नगद र बोनस कति ?
युनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८.५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले आईपीओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभाको प्रयोजनार्थ पुस १८ गते बुक क्लोजको मिति समेत तय गरेको छ।
प्रकाशित समय : १५:०५ बजे

















