global ime bank Long Banner Ad

गृहपृष्ठ जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु, आफन्त आक्रोशित

जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु, आफन्त आक्रोशित

जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु, आफन्त आक्रोशित

मोरङमा जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको जेलबाट छुट्ने दिननै मृत्यु भएको हो ।

कैद भुक्तान अवधि सकिएर सोमबार छुट्ने तयारी भएका सहनीको बिहान ६ बजे मृत्युभ एको हो ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशित छन् । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।

प्रकाशित समय : १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु