global ime bank Long Banner Ad

गृहपृष्ठ बीपी राजमार्ग अवरुद्ध, आक्रोशित स्थानीयले बस जलाए

बीपी राजमार्ग अवरुद्ध, आक्रोशित स्थानीयले बस जलाए

बीपी राजमार्ग अवरुद्ध, आक्रोशित स्थानीयले बस जलाए

सिन्धुलीमा यात्रु बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको विरोधमा स्थानीय आन्दोलित भएका छन् ।

दुर्घटनापछि आक्रोशित स्थानीयको प्रदर्शनका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । स्थानीयले मोटरसाइकललाई ठक्कर दिएको बस जलाइदिएका छन् ।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

सोमबार बिहान ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालले जानकारी दिए ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु