गृहपृष्ठ प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट
प्रिमियममा आईपीओ निष्कासन गर्ने तयारीमा जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट
जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।
साविकको जगदम्बा क्रेडिट एन्ड इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड २०७९ असार ३१ गतेदेखि कम्पनीमा परिणत भएकाले सर्वसाधारणतर्फको समेत हिस्सा कायम गर्न सेयर निष्कासन गर्न लागिएको हो ।
कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने दोस्रो वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावलगायत अन्य विविध प्रस्ताव पारितका लागि सभा गर्न लागेको हो । सभाले गत आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।
साथै सभाले आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रकाशित समय : ११:५६ बजे



















