global ime bank Long Banner Ad

गृहपृष्ठ निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

निक्षेप संकलन उपकरणमार्फत थप ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न ३५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

बैंकले पुस ११ गते (बुधबार) उक्त निक्षेप संकलन उपकरणको बोलकबोलन हुने जनाएको छ ।

बजारमा रहेको अधिक तरलताको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आइरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले पुस ११ गते दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस २५ गते तोकिएको छ। यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु