global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

भक्तपुरमा नेपाल प्रहरीका सई मृत फेला

भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नं। गण नक्सालमा दरबन्दी भई कार्यरत रहेका बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घिमिरे सिपाडोल टौखेलस्थित आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक कार्य गरिएको एक प्रहरीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु