global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति रविले मागे मन्त्री किरातीको राजीनामा

सभापति रविले मागे मन्त्री किरातीको राजीनामा

सभापति रविले मागे मन्त्री किरातीको राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मन्त्री किरातीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार रहेकाले पदीय गरिमा जोगाउन मन्त्रीमण्डलबाट बाहिरिनु पर्ने बताएका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक, गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै खेदजनक छ।’ उनले फेसबुकमा लेखेका छन्, ‘यस्तो गैर-जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

प्रकाशित समय : ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु