global ime bank Long Banner Ad

गृहपृष्ठ बाबर आजम फर्के एकदिवसीय वरियताको शीर्ष स्थानमा

बाबर आजम फर्के एकदिवसीय वरियताको शीर्ष स्थानमा

बाबर आजम फर्के एकदिवसीय वरियताको शीर्ष स्थानमा

पाकिस्तानका पूर्वकप्तान बाबर आजम आईसिसी एकदिवसीय क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका बाबरको बरियता लामो सयमपछि खस्किएको थियो । तर, आईसिसीको पछिल्लो वरीयतामा उनले भारतका ओपनर ब्याटर शुभमन गिललाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा पहिलो नम्बरमा पुगेका हुन् ।

यसअघि २ वर्षभन्दा बढी समयसम्म शीर्ष स्थानमा रहेका बाबरको वरीयता गिलले खोसेका थिए ।

एकदिवसीय ब्याटिङ वरीयताको तेस्रो स्थानमा भारतका विराट कोहली छन् । यस्तै चौथो स्थानमा भारतकै कप्तान रोहित शर्मा छन् । वरीयताको पाँचौँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

एकदिवसीय बलिङ वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज यथावत् छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हेजलवूड, तेस्रो स्थानमा भारतका मोहम्मद सिराज, चौथो स्थानमा अस्ट्रेलियाका एडम जम्पा र पाँचौँ स्थानमा भारतका जसप्रीत बुमराह छन् ।

टिम वरीयतामा भने टी–२०, एकदिवसीय र टेस्टको पहिलो नम्बरमा भारत रहेको छ । क्रिकेटका तीनै फर्मेटमा पहिलो वरीयतामा रहेको भारतले विश्वकप उपाधि भने जित्न सकेको थिएन् । एकदिवसीय विश्वकप विजेता अस्ट्रेलिया वरीयताको दोस्रो नम्बरमा रहेको छ ।

प्रकाशित समय : १५:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु