गृहपृष्ठ सुलभ फार्मेसी सञ्चालन गर्न भाडामा घर खोज्दै काठमाडौं महानगर
सुलभ फार्मेसी सञ्चालन गर्न भाडामा घर खोज्दै काठमाडौं महानगर
काठमाडौँ महानगरपालिकाले महानगरभित्र पाँच स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्नका लागि भाडामा घरको खोजी गरेको छ ।
महाराजगन्ज, वीर अस्पताल, कालीमाटी, लैनचौरलगायतका क्षेत्रमा सुलभ फार्मेसी सञ्चालन गरिने भएकोले सो क्षेत्रमा घर भालामा लगाउन इच्छुकले १५ दिनभित्र महानगरमा सम्पर्क गर्न सूचना जारी गरिएको छ ।
क्षेत्रफल न्यूनतम आठ सय देखि बाह् सय वर्ग फिट भएको, नक्सा पास भएको, कम्तीमा तीन वटा कार तथा ५ वटासम्म दुई पाङ्ग्रे सवारी पार्किङ गर्न मिल्ने पार्किङ स्थान भएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रकाशित समय : १०:४७ बजे



















