global ime bank Long Banner Ad

गृहपृष्ठ उदयपुर सिमेन्ट उद्योगमा १८ करोड लगानी गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

उदयपुर सिमेन्ट उद्योगमा १८ करोड लगानी गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

उदयपुर सिमेन्ट उद्योगमा १८ करोड लगानी गर्ने अर्थमन्त्रीको प्रतिवद्धता

सरकारले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा ऋण लगानी गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले मंगलबार उद्योगमा सरकारले १८ करोड रुपैयाँ ऋण लगानी गर्ने घोषणा गरे ।

सरकारले थप लगानी गरे उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने र नाफामा जाने व्यवस्थापनले दाबी गरिरहँदा सरकारले १८ करोड रुपैयाँ ऋण लगानीको घोषणा गरेको हो । मेसिन परिवर्तनका लागि सरकारले रकम घोषणा गरेको हो । उद्योगको अवस्था निरीक्षण गर्न अर्थमन्त्री उदयपुर पुगेका थिए ।

उदयपुर सिमेन्ट उद्योगले अर्थमन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेको थियो ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उदयपुर सिमेन्ट सञ्चालक समितिका अध्यक्ष केशवकुमार बस्नेतले अहिलेकै अवस्थामा उद्योग नचल्ने बताए ।

‘उदयपुर सिमेन्ट अपडेट गर्न सकिएन भने चलाउन सकिँदैन । अपडेट गर्न नेपाल सरकारको ध्यान जानुपर्‍यो,’ उनले भने, ‘मन्त्रालयसँग ४० करोड रुपैयाँ मागेका छौँ । २५र३० करोड लगानी गर्न सकियो भने १० अर्बको सम्पत्ति बचाउन सक्छौँ ।’

सरकारले २०४४ साल जेठ ३१ गते उदयपुरको जलजलेमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको थियो । यो उद्योगले अब्बल ग्रेडको गुणस्तरयुक्त गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता उद्योगको भए पनि त्यस अनुसार उत्पादन हुन सकेको छैन ।

प्रकाशित समय : १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु