global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले गर्यो लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ । जसको ६.४० प्रतिशतले कूल २६ करोड ६९ लाख रुपैयाँ नगद लाभांश सेयरधनीलाई वितरण गर्ने कम्पनीले जानकारी गराएको छ ।

 

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु