गृहपृष्ठ यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
भगवती हाइड्रो र सोल्टी होटलको आव २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ पुस ५ गते बुकक्लोज गर्दैछन् । अर्थात आज पुस ४ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।
सोल्टी होटलले गत वर्षको नाफाबाट २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि कुल ३१.५७८ प्रतिशत लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २६ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि वार्षिक साधारण सभा बोलाएको छ ।
यसैगरी भगवती हाइड्रोले सञ्चित मुनाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीले पुस २४ गते काठमाडौंको थापागाउँस्थित अर्पण ब्याङ्क्वेटमा बस्ने गरि वार्षिक साधारण सभाको कार्यक्रम तय गरेको छ ।
प्रकाशित समय : १०:५५ बजे

















