global ime bank Long Banner Ad

गृहपृष्ठ बीमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन जरूरी : अर्थमन्त्री महत

बीमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन जरूरी : अर्थमन्त्री महत

बीमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन जरूरी : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा क्षेत्रको काम गर्ने तरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित बिमा सर्भेयर संघ नेपाल (निसा) को संस्थापक सदस्य सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले बिमा क्षेत्रलाई नयाँ उचाइमा लैजानको लागि काम गर्ने तौरतरिकामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् ।

‘बीमा क्षेत्रलाई नयाँ उचाइमा लैजान काम गर्ने तौरतरिकामा आमूल परिवर्तन गर्न जरुरी छ’ अर्थमन्त्री महतले भने, ‘बीमा कम्पनीका साथीहरूलाई मेरो यही निवेदन छ ।’

उनले बिमा गरेपछि जोखिममा पर्यो भने त्यसबेला झमेला हुँदैन भन्ने विश्वास दिलाउन नसके बिमा क्षेत्रको विस्तार हुन नसक्ने टिप्पणी गरे । व्यावसायिकतालाई मध्यनजर गरेर काम गर्न अर्थमन्त्रीले आग्रहसमेत गरे ।

उनले भने, ‘बिमा चाहे वस्तुको होस् या व्यक्तिको, अप्ठ्यारो पर्यो भने, जोखिममा पर्यो भने त्यसबेला धेरै झमेला हुँदैन भन्ने विश्वास दिन सकिएन भने भोलि लिन झमेला हुन्छ किन दिने भन्ने सन्देश गयो भने यो विस्तार हुँदैन । व्यावसायिकतालाई मध्यनजर गरेर काम गर्नुपर्छ ।’

प्रकाशित समय : १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु