काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो 

6.36K
shares

बिहीबार र शुक्रबारलाई तय भएको एकीकृत समाजवादीको ७० औं सचिवालय बैठक सरेको छ।

बिहीबार र शुक्रबारलाई तय भएको बैठक पुस दुई र तीन गतेलाई सारिएको हो ।

एकीकृत समाजवादले सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल गर्ने कार्यसूची तय गरेको थियो।

पार्टीले उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भूसाल र उपमहासचिव प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो।

कृषि मन्त्रीसमेत रहेका कार्यदलका अध्यक्ष बेदुराम भुसालनै देश बाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको जनाएको छ ।

एकीकृत समाजवादीले महाधिवेशनको तयारी गरिरहेको छ। माघ १४ देखि  १८ गतेसम्म गर्ने भनिएको महाधिवेशन जेठ ३ देखि सुरू गर्ने गरी सारिएको छ।