काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१० कित्ताको निति पुनरावलोकन गर्न गर्न धितापत्र बोर्डले बनायो समिति

6.87K
shares

नेपाल धितोपत्र बोर्डले विद्यमान १० कित्ते नीति पुनरावलोकन गर्न अध्ययन समिति बनाएको छ । गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले १० कित्ते नीति पुनरावलोकन गर्न समिति बनाउने निर्णय गरेको हो ।

बोर्ड सदस्य तथा आईक्यानका उपाध्यक्ष प्रविन कुमार झाको संयोजकत्वमा समिति बनेको छ । समितिमा बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगानाका साथै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उप कार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी रहेका छन् ।

समितिले दिएको प्रतिवेदनका आधारमा हाल आईपीओमा रहेको १० कित्ते नीति पुनरावलोकन हुने बोर्डले जनाएको छ । समितिका लागि भने अध्ययन सक्ने समय तोकिएको छैन।

बोर्डले करिब ५ वर्ष अघि १० कित्ता नीति ल्याएको थियो । तर सेयर बजारमा यसका बारेमा विविध धारणा आउन थालेपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ता नीति हटाउने बताउँदै आएका थिए । त्यसैले बोर्डले आईपीओमा न्यूनतम १० कित्ता दिनैपर्ने नीति हटाउने तयारी गरेको हो ।

समितिले सूचीकृत कम्पनीलाई १० प्रतिशत सेयर आईपीओ निष्काशन गर्न पाउने व्यवस्थामा पनि अध्ययन गरेर पुनरावलोकन गर्ने भएको छ । हाल आईपीओ निष्काशनमा जाने सबै कम्पनीले १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने व्यवस्था छ ।