काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने

6.05K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) सम्मेलनलाई सम्बोधन गर्दैछन् ।

बिहीबार सुरु भएको सम्मेलनमा हिजो र आज सम्मेलनमा सहभागी राज्य सरकार र प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका अनुसार प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले सम्मेलनमा जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले आजै ‘कल अफ दी माउन्टेन : हु सेभ अफ फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने छन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्दै छन् ।

प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिन बुधबार राति नेपाल एयरलाइन्सको जहाजमार्फत संयुक्त अरब इमिरेट्स (यूएई) गएका थिए । उनीसहितको टोली भोलि स्वदेश फर्किनेछ ।