गृहपृष्ठ असोजको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट, करिब २ अर्बको बीमा शुल्क संकलन
असोजको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा गिरावट, करिब २ अर्बको बीमा शुल्क संकलन
जीवन बीमा कम्पनीहरुको व्यवसाय असोज महिनाको तुलनामा कात्तिकमा गिरावट आएको हो । सार्वजनिक बिदा परेको समय भएकाले कात्तिक महिनामा बीमा कम्पनीको बीमा शुल्क कम उठेको हो ।
बीमा प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको जीवन बीमाको विवरण अनुसार १४ कम्पनीले १ अर्ब ९० करोड ४० लाख ६२ हजार रुपैयाँको बीमा गराएका छन् । जबकी असोज महिनामा बीमा कम्पनीहरुले २ अर्ब ३८ करोड ४२ लाख बराबरको प्रथम बीमा शुल्क संकलन गरेका थिए ।
चालू आर्थिक वर्षको चार महिनाको अवधिमा बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढी हो । अघिल्लो वर्षको सुरुको चार महिनामा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपैयाँको जीवन बीमा शुल्क संकलन गरेका थिए ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी हरको छ । यो कम्पनीले कात्तिक महिनामा ५२ करोड १ लाख ९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी बढी बीमा संकन गर्नेको दोस्रो स्थानमा रहेको छ । त्यो कम्पनीले कात्तिक महनिामा ३५ करोड १३ लाख ४ हजार रुपैयाँको बीमा शुल्क संकलन गरेको छ ।
शुल्क आर्जनको तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले १७ करोड १४ लाख ३४ हजार आर्जन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले १० करोड ५२ लाख, ६४ हजार, एशियन लाइफले १० करोड २४ लाख, ८३ हजार र हिमालयन लाइफले ९ करोड ७५ लाख, ५८ हजार रुपैयाँ संकलन गरेका छन् । त्यस्तै सन नेपाल लाइफले ८ करोड ७२ लाख, ४६ हजार, सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख, ९१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार एक महिनाको अवधिमा सिटिजन लाइफले ७ करोड ५ लाख, ५२ हजार, रिलायबलले ६ करोड २१ लाख, ८ हजार, मेट लाइफले ७ करोड ८१ लाख, ७९ हजार, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ८० लाख, ५६ हजार, आइएमई लाइफले ६ करोड ५७ लाख, ५३ हजार र प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख, २७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।
प्रकाशित समय : १३:१० बजे


















