global ime bank Long Banner Ad

गृहपृष्ठ २६ परिवारलाई जग्गाधनी प्रमाणपत्र

२६ परिवारलाई जग्गाधनी प्रमाणपत्र

२६ परिवारलाई जग्गाधनी प्रमाणपत्र

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ।

राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराएको राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाका अध्यक्ष शंकरमान कँडेलले राससलाई जानकारी दिए।

नगर कार्यपालिकाको बैठकले २८ जनाको नाम सिफारिस गरेर पठाएकामा दुई जनाको विवरणमाथि थप अध्ययन गर्नुपर्ने भएकाले हाललाई २६ जनालाई मात्र प्रमाणपत्र वितरण गरिएको पाँचखपन नगरपालिका नगरप्रमुख विपीन राईले बताए।

पाँचखपन नगरपालिकाको वाना बजारबाट सभापोखरी गाउँपालिका जाने मुख्य सडक किनारको जग्गा उनीहरूलाई उपलब्ध गराइएको हो।

भूमिहीन तथा सुकुम्बासी यसअघि आफन्त तथा गाउँलेको जमिनमा आश्रय लिएर बस्दै आएका थिए। अहिले भने उनीहरू करेसाबारीसहित एक घर अट्ने जमिन पाएका छन्।

यसरी प्राप्त भएको जमिन कम्तीमा १० वर्षसम्म बिक्री गर्न नपाउने र त्यसपछि पनि भूमिहीन हुने गरी बेच्न नपाउने व्यवस्था गरिएको भूमि आयोग सङ्खुवासभाले जनाएको छ।

प्रकाशित समय : ०८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु